सिनेमा छायांकनको तयारीमा मिलन
निर्देशक मिलन चाम्स नयाँ सिनेमा छायांकनको तयारीमा जुटेका छन् । मिलनले नयाँ सिनेमा छायांकन लागि लोकेशन हेर्न थालेका हुन् । उनी, सिनेमाको लोकेशन हेर्नका लागि चितवन, दमौली पुगेका छन् । लक डाउन खोलेर सरकारले सिनेमाको छायांकनका लागि अनुमती दिएसँगै काम सुरु गर्ने उनको योजना छ । मिलनले नयाँ सिनेमाको नाम तय गरिसकेका छैनन् ।
तर, उनी गोर्खा वारियरको कामलाई केही पछाडि धकेलेर नयाँ सिनेमाको छायांकनमा जुट्न लागेका हुन् । यो सिनेमाको २० प्रतिशत छायांकन मात्र नेपालमा हुनेछ । बाँकी छायांकन मलेसियामा गर्ने तयारी उनले थालेका छन् । मिलनले नयाँ सिनेमाको कथावस्तुको बिषयमा खुलाएका छैनन् ।
For More videos Log on to Mazzako TV








