नेपाली फिल्मको बिषयमा दुई सफल निर्देशकको बहस चर्किएको छ । सामाजिक संजालमा निर्देशक दीपेन्द्र लामाले नेपालमा जुगजुगसम्म संझन सक्ने खालको फिल्म नै नभएको जिकिर गरेपछि निर्देशक निश्चल बस्नेतले यो कुरामा सहमत हुन नसकिएको लेखे ।

निश्चलको यो कुरामा दीपेन्द्रले त्यस्तो कुन सिनेमा छ र भनेर प्रश्न गरे । निश्चलले माइतिघरदेखि छ माया छपक्कैसम्म आइपुग्दा यी फिल्मलाई के भन्ने भनेर प्रश्न गरे । दीपेन्द्रले हामीले चित्त वुझाउने खालको मात्र भनेर जवाफ दिए । उनका अनुसार, विश्वकै हजार उत्कृष्ट सिनेमामा पर्न सक्नुपर्यो भन्ने थियो ।

निश्चलले यस्तो सिनेमा तपाई कहिले बनाउने भनेर प्रश्न सोध्दा दीपेन्द्रले आफूमा यस्तो सामाथ्र्य नभएको बताए । नेपाली सिनेमाले ५० बर्ष भन्दा बढी समय कटाइसक्दा पनि यहाँ संझनलायक सिनेमा नबनेको बहस हुँदै आएको छ ।

For More videos Log on to Mazzako TV