परिवारवादको बिषयमा बोल्दा नम्रतालाई तनाव
अभिनेत्री नम्रता सापकोटाले नेपाली सिनेमामा परिवारवाद हाबी भएको र नेपाली फिल्मको वास्तविक अनुहार यही भएको बताइन् । नम्रताको यो भनाई सार्वजनिक भएसँगै यतिबेला सिने क्षेत्रमा परिवारवादको बिषय चर्किएको छ । नेपाली फिल्ममा परिवारवाद नभएको तर्क धेरै फिल्मीकर्मीको छ ।

अनमोल केसी र सुहाना थापालाई मात्र हेरेर परिवारवादको बहस गर्नु बेकार भएको उनीहरुको तर्क छ । तर, अभिनेत्री नम्रता सापकोटाले यो बिषयमा आवाज उठाएसँगै फिल्म क्षेत्रबाटै उनको चर्को आलोचना मात्र भएको छैन, उनको फेसबुक ह्याक गर्ने कोशिश समेत भएको छ ।
उनको फेसबुक एकाउन्ट नै उडाउनका लागि रिपोर्ट परेपछि उनले यो बिषयमा पनि बोलेकी छिन् । नम्रताले नेपाली फिल्म क्षेत्रमा बाबुले लगानी गर्ने र छोराले खेल्ने गरेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।








