कमेडी च्याम्पियनका खबपु हाँस्य सिरियलमा
कमेडी च्याम्पियनमा फस्ट रनर अपको उपाधी हात पार्न सफल खवपु अर्थात खडग बहादुर पुन मगर नेपाल टेलिभिजनको पर्दामा पनि देखिएका छन् । अर्गानिक कमेडियनको उपमा पाएका खवपुले एनटिभि प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने अति भो सिरीयल मार्फत दर्शकलाई हसाउनका लागेका हुन् ।

समसामयीक विषयवस्तुमा आधारीत रहेर हास्यव्यंग्य मार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त सिरीयलमा रियाशा दाहाल, शर्मिला शर्मा, युगज्योती क्रियाशील, कन्चन खड्का, राहुल श्रेष्ठ, सुमन सागर जंग के.सी., चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाल आदीको अभिनय रहेको छ ।
सुरज, तिलक र चन्द्रको लेखन, दिलिप विष्टको छायांकन रहेको उक्त सिरीयलका निर्देशक सन्तोष खनाल हुन् । सिरीयल मिडिया हब युटुव च्यानलमा पनि हेर्न सकिने छ ।
For More videos Log on to Mazzako TV







