सुदर्शन र पूजा नयाँ फिल्मका लागि नायक खोज्दै
निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउछु २’ कोरोनाले गर्दा रिलिज हुन सकेन । यहिबिचमा उनिहरु नयाँ फिल्मको तयारी गरिरहेका छन् । लकडाउनको समयमा स्क्रिप्टको काममा ब्यस्त रहेका छन् । स्क्रिप्ट अन्तिम चरणमा रहेको र फिल्मको विषय कोरोना भाइरस रहने बताइएको छ ।
स्क्रिप्टको काम सकिए लगत्तै अडिसन मार्फत कलाकार छान्ने बताइएको छ । फिल्मका लागि मुख्य नायकको पनि खोजी भैरहेको बताइएको छ । चलचित्रमा नयाँ नायकलाई अनुबन्धित गर्ने तयारी गरिएको निर्मात्री तथा नायिका पूजा शर्माले बताइन् ।
For More videos Log on to Mazzako TV








