एउटा मान्छेको मायाले … अनु शाह (भिडियो)
नायिका अनु शाहको करिअरमा संझन लायक सिनेमा कुन होला, पक्कै पनि केही होलान् । अभिनेता निखिल उप्रेतीसँग सिनेमा भैरवमा काम गरेपछि उनले अपेक्षित सिनेमा पाइनन् । अनु शाहको चर्चा बरु अभिनेता सविन श्रेष्ठसँगको प्रेमका कारण बढी भयो । सविनसँग प्रेममा रहेकी अनु, यसपछि भने सविनसँग कोर्ट म्यारिज गरेको खबरले चर्चामा रहिन् । जे भएपनि चर्चा त छ नै ।
लक डाउनका कारण सविन र अनु अलग थिए । दुबै जना आफ्नो घरमा बसिरहे पनि एक अर्कालाई भने खुबै मिस गरिरहेको देखिन्थे । यसैले कहिले फेसबुक लाइभ त कहिले सामाजिक संजालमा माया व्यक्त, उनीहरुले गरिरहेका छन् । अभिनेत्री अनु शाहलाई भने अभिनेता सविन श्रेष्ठसँगको प्रेमले धेरै कुरा सिकाएको छ । भुतुक्कै बनाएको छ, जिन्दगी जिउने तरिका नै परिवर्तन गरिदिएको छ ।
अनु शाहले एउटा मान्छेको मायाले कती फरक पार्दछ जिन्दगीमा भनेर यसै लेखेकी होइनन् । सायद, सविनसँग भेट भएपछि उनको अनुहारमा खुशी फर्किएको हुनुपर्छ । यसैले त उनी मायाको कुरा, खुशीको कुरा गरिरहेकी छिन् । उनले सकारात्मक मायाले एउटा महिलाको जिन्दगी नै परिवर्तन गर्ने कुरा पनि गर्छिन् । जे जे गर्छिन्, मायाको कुरा नै गर्छिन् । सविन र अनुले कोर्ट म्यारीज गरे या गरेनन्, यो उनीहरुलाई नै थाहा हुने कुरा भयो ।
तर, सविनसँगको मायाले अनुको जिवन भने परिवर्तन भएको छ । सविनसँगको भेटले मायाको कुरा गर्ने अनुले, अब लक डाउन खुलेपछि सिनेमा करिअरको कुरा पनि सोच्नुपर्दछ । किनकी, एउटा मान्छेको मायाले जिवनमा त फरक पार्छ नै । तर, करिअरमा फरक पार्न आफैले पनि मिहिनेत गर्नुपर्छ है ।











