निर्देशक एभरेस्ट सूर्य बोहरा कोरोना महामारीको अबस्थामा आफ्नै ब्यक्तिगत साधन र स्रोत खर्च गर्दै सेवा गरिरहेको छन् । उनले आफ्नो जन्मभूमि प्रतिको जिम्मेवारीको कारण लकडाउनमा समस्यामा परेकाहरुलाई सहयोग गरेका हुन् । काठमाण्डौमा रहेका विभिन्न क्लब संग सहकार्य गर्दै उनी फिल्डमा गएर सहयोगमा जुटिका हुन् ।

कहिले स्यानिटाईजर र पानी सुरक्षाकर्मीलाई प्रदान गर्दै हुन्छन् । भने कहिले चामलका बोरा काँधमा बोकेर लैजादै गरेको तश्बिरहरु देखिन्छ । अहिले पनि उनि रासनको भारी बोकेर आफै गरीब सुकुमबासी बस्तीहरुमा पुगेका छन् । उनी चामलका बोरा दाल नुन तेल हरेक दिन काठमाडौं, भक्तपुर र ललितपुरका गल्ली गल्ली भित्र पुगेका हुन्छन् ।

यो संकटको बेला बाचौँ र बचाउँ भन्ने मन्त्र लिएर सेवामा लागिपरेका निर्देशक बोहराका न कुनै भेगको पर्बाह छ न कुनै जातपात छ । उनले अप्ठ्यारोमा परेको बेला जो सुकैको पनि आँसु पुछ्न तयार हुनु पर्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV