सधैँ गरिब जनताको आवाज बोल्ने महानायक (भिडियो)
राजेश हमाल, नेपाली फिल्मका लागि सर्वप्रिय नाम हो । नेपाली सिनेमा क्षेत्रमा राजेश हमालको यात्रा जुन तरिकाले अनवरत रुपमा अगाडि बढिरहेको छ, यो धेरैका लागि प्रेरणाको कुरा पनि हो । उनै, नेपाली सिनेमामा सर्वाधिक सफल तथा चर्चित अभिनेता आज आफ्नो जन्मदिन मनाउँदैछन् ।
अभिनेता राजेश हमाल आजबाट ५६ बर्षमा प्रवेश गरेका छन् । ५६ औं बसन्तमा प्रवेश गर्दै गर्दा नेपाली फिल्मका लागि अभिनेता हमालको योगदान कसैले पनि विर्सन सक्दैन । अभिनेता राजेश हमालले नेपाली सिनेमा क्षेत्रलाई पुर्याएको योगदानको जती बर्णन गरेपनि सकिदैन । किनकी, उनले गरेका छन् नै त्यस्तो काम । अभिनेता राजेश हमालले सिनेमा युगदेखि युगसम्मबाट सिनेमा क्षेत्रमा पाइला राखेका हुन् ।
यसपछि उनले ३ सय भन्दा बढी फिल्ममा काम गरे । उनले अभिनय गरेका सिनेमामध्ये उनैलाई थोरै मात्र संझनामा आउँछन् । देउता, वसन्ती, अल्लारे, साथी जस्ता सिनेमा हमालका लागि प्रिय छन् । तर, हमालले सिनेमाको पर्दामा विशेषगरि, गरिब जनताको आवाज बोलेका छन् । हमाल प्रिय हुनुको एउटा कारण यो पनि हो, कि उनले आफूले सिनेमामा काम गर्दै गर्दा जनताको कथा भनेका छन् ।
सधै, साहु र मुखियाबाट पिडित बनेका जनताको आवाज उनले सिनेमाबाट बोलेका छन् । यसैले पनि राजेश हमाल नेपाली सिनेमाको सर्वाधिक प्रिय अभिनेता हुन् । अभिनेता राजेश हमालले मधु भट्टराइसँग बिहे गरेपछि भने उनले सिनेमा कम खेले । हमालले अभिनय गरेका पछिल्ला केही सिनेमा बक्स अफिसमा असफल पनि भए । यसपछि भने अहिले उनी ब्रेक लिइरहेका छन् । शकुन्तला, बागमती जस्ता सिनेमा असफल भएपछि हमालले ब्रेक लिएका हुन ।
उनी, आफै पनि सिनेमा बनाउने धुनमा छन् । सिनेमा निर्देशन गर्ने सोचका साथ अघि बढेका हमालले नयाँ फिल्म कहिले बनाउँछन् पक्का छैन । अभिनेता हमालले जिन्दगीमा धेरै कुरा पाएका छन् । देशको राजनीतिक तहदेखि हरेक क्षेत्रमा उनको नाम उचो छ । उनै, अभिनेता हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।











