‘जानी नजानी’ अभिनेत्रीलाई कोरोना संक्रमण
अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण देखिएको छ । फिल्म ‘जानी नजानी’ बाट डेब्यु गरेकी निरिशामा कोरोना संक्रमण देखिएको हो । हाल निरिशा यतिबेला मुम्बइमा बस्दै आएकी थिइन् ।
कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ । उनले आफु निको हुँदै गरेको बताएकी छिन् ।
कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । फिल्म जानी नजानीमा अभिनय गरेर निरिशा मुम्बई फर्किएकी हुन् ।









