रेखा र सविनको फिल्म टीभीमा आउने, अब विकल्प के त ?
सिनेमा हिरो रिटन्र्स बनेको ४ बर्ष भयो । यो सिनेमा बनेको ४ बर्षसम्ममा रिलिज हुन सकेन । सिनेमा हिरो रिटन्र्सलाई अभिनेता सविन श्रेष्ठले निर्माण गरेका हुन् । यो सिनेमा हलमा रिलिज गर्न धेरै समय चाजोपाजो मिलाएपनि हुन सकेन । वैशाखको अन्तिम साता रिलिज हुने भनिएपनि सिनेमा कोरोना भाइरसका कारण लक डाउन भयो र रिलिज हुन पाएन ।
सिनेमा बारम्बारको प्रयासमा पनि रिलिज हुन नसकेपछि, निर्माताले लगानी सुरक्षित गर्ने अरु नै बाटो रोजेका छन् । यो सिनेमा अब टीभीमा रिलिज हुँदैछ । सिनेमा हिरो रिटन्र्स जेठको ३० गतेबाट हलमा रिलिज हुन लागेको हो । सिनेमा हिरो रिटन्र्समा रेखा थापा, सविन श्रेष्ठ जस्ता कलाकार छन् । आशिष भेटवाल यो सिनेमाका निर्देशक हुन् ।
सिनेमा एक्सनप्रधान छ । डीस होममा यो सिनेमा रिलिज हुँदै गर्दा यसअघि पनि हलमा रिलिज नै नभई सिनेमा कोपिला पनि डीस होमबाट रिलिज भएको थियो । २ वटा सिनेमा हल भन्दा पहिले नै युटुबमा आएका छन् । के, अब लम्बिदै गएको लक डाउन, हल खुल्ने समय पक्का नहुनु, भैहाले पनि दर्शक हलसम्म आउने वातावरण नबन्नु आदिले सिनेमा रिलिजका लागि अरु विकल्प रोज्नुपर्ने अवस्था आएको हो त ? अहिले नै अरु निर्माताले यो बिषयमा सोचेका छैनन् ।
सबै निर्माता हलमै फिल्म रिलिजका लागि पर्खिरहेका छन् । म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, चपली हाइट ३, हिजो आजका कुरा, लप्पन छप्पन २, लक्का जवान लगायतका सिनेमा हल रिलिजकै प्रतिक्षामा छन् । तर, कहिले खुल्छन् त हल ? सरकारको अहिलेको योजना अनुसार पनि भदौ अगाडि हल खुल्न सक्ने संभावना नै देखिदैन । यस्तो अवस्थामा सिनेमा रिलिज गर्न निर्माता तम्सिदैनन् ।
के अब, सिनेमा रिलिजका लागि अरु विकल्प खोज्नुपर्ने अवस्था आएको हो त ? हिरो रिटन्र्सका निर्माताले हलमा पनि सिनेमा चलाउने बताएका छन् । तर, डीसहोममा आइसकेको सिनेमाले हलमा आउँदा कस्तो व्यापार गर्ला, सोचनिय कुरा छ । तर, नेपाली सिनेमाका निर्माताले फिल्मको आम्दानीका लागि हल बाहेक अरु विकल्प खोज्नुपर्ने बेला भने आइसकेको छ ।









