कलाकार जयनन्द चन्द ठकुरीको निधन
कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आज निधन भएको हो । आफ्नै घर बागडोलमा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।
कलाकार जयनन्द चन्द ठकुरीले बि.स. २०३६ सालमा चलचित्र जिबनरेखाबाट पहिलो पटक अभिनय गरि ९० वटा भन्दा बढि नेपाली तथा हिन्दी, बंगाली, पाकिस्तानी फिल्ममा अभिनय गरेका थिए । उनले जिवन रेखा, कान्छी, फेरी भेटौला, सन्तान, चेली बेटी, आमाको माया, देश परदेश, अग्निपथ लगायत फिल्ममा अभिनग गरेका थिए ।
कलाकार ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।
For More videos Log on to Mazzako TV








