पूजा र प्रदीपलाई समस्या (भिडियो)
नेपाली फिल्म सामान्य अवस्थामा कहिलेदेखि पुग्छ भनेर भन्ने सक्ने अबस्था छैन । नेपाली फिल्म निर्माण गरेर बसेका निर्मातालाई चौपट समस्या छ । करोडौँ रकम जोखिममा राखेका निर्माता लक डाउन खुलेपछि पनि सिनेमा चलाइहाल्ने अवस्थामा छैनन् । झन, यसमाथि बिहिबार प्रस्तुत गरिएको बजेटले झनै समस्यामा पार्ला जस्तो देखिएको छ ।
बिहिबार अर्थमन्त्री डाक्टर यूवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा नेपाली सिनेमाको बिषयमा निकै कम बोलिएको छ । अझ, बोल्नुपर्ने ठाउँमा त केही पनि बोलिएको छैन । सिनेमा हलको बिषयमा केही पनि बोलिएको छैन, रिलिज हुन नपाएर थन्किएका सिनेमाको बिषयमा केही पनि बोलिएको छैन ।
यसले, हल संचालकहरुलाई आक्रोशित बनाएको छ । अब, सिनेमा हलमा देखाउनु भन्दा पनि पहिले आन्दोलन गर्ने तयारी पो थालेका छन् हल संचालकहरुले ।
हल खुल्ने वित्तिकै सामाजिक दुरी कायम गर्नुपर्ने, हलमा अकुपेन्सीलाई लागि शत प्रतिशत दर्शक प्रवेश गराउन नपाइने जस्ता नियम त लागू हुन्छ नै । यस्तो अवस्थामा के पूजा शर्मा र सुदर्शन थापाले मिलेर बनाएका म यस्तो गीत गाउँछु २, अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको सिनेमा प्रेमगीत ३ रिलिज भैहाल्ने वातावरण बन्ला त ? पक्कै पनि बन्दैन ।
यसैले यस्तो अवस्थामा सिनेमा तत्काल रिलिज हुन सकेन भने पूजा, प्रदिप लगायतले निर्माताले फेरि लाखौ घाटा व्यहोर्नुपर्नेछ । झन् यसमाथि सिनेमा रिलिजका लागि हल संचालकहरुले पहिले आन्दोलनको विकल्प खोजे भने के होला त ? सिनेमा तत्काल रिलिज हुन पनि गाह्रो छ, सिनेमा रिलिज गर्न भनेर कुरेर बसेका निर्मातालाई झनै गाह्रो छ।









