बजेटमा ‘छायांकनका लागि नेपाल’
नेपाल सरकारले आर्थिक वर्ष ०७७–०७८ को बजेटमा ‘छायांकनका लागि नेपाल’ कार्यक्रम कार्यन्वयन गरिने उल्लेख गरिएको छ । विहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा फिल्म क्षेत्रलाई पनि समेटिको हो । यस क्षेत्रको विकासका लागि केहि कार्यक्रमहरु अघि सारिएको छ ।
‘छायांकनका लागि नेपाल’ कार्यक्रम कार्यन्वयन गरिने, चलचित्र कलाकार संघको भवन निर्माण गर्ने अर्थमन्त्री डा. खतिवडाले बताए । प्रदेश सरकारको समन्वयनमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने गरि चलचित्र निर्माण गर्ने कार्यलाई प्रोत्साहित गरिने बताइएको छ ।
यस्तै प्रत्येक प्रदेशमा सिनेमा छायांकन स्थल निर्माण गर्न, तथा नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्नको लागि चलचित्र बिकाश बोर्डलाई आवश्यक रकम बिनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।









