खराब पललाई मल्हम लगाउँदै वर्षा संजोग (भिडियो)
नायिका वर्षा राउत र उनको परिवार केही दिन अगाडिको एक विवादबाट बाहिर निस्की नसकेको प्रष्ट हुन्छ । किनकी, नायिका वर्षा राउत र नायक संजोग कोइरालाले सार्वजनिक गरेको विज्ञप्तीमा यही नै भनिएको छ ।
अभिनेत्री वर्षा राउतले दिएको एक अभिव्यक्तिले सर्वत्र चर्चा र आलोचना भोग्यो । वर्षाले करिअरमै पहिलो पटक यती ठूलो विवाद भोगेकी थिइन् ।
यो विवाद भोगेकी वर्षाले भोलीपल्टै माफी त मागिन् । तर, एक दिनमा उनको जीवनमा जे जे भयो, त्यो उनका लागि तत्काल भुल्न सक्ने खालको थिएन ।
वर्षा र संजोगले सार्वजनिक गरेको सन्देशमा पनि यस्तै कुरा भनिएको छ । यो खराब पललाई मल्हम लगाउँदै उनीहरु सुन्दर पलको प्रतिक्षामा रहेका छन् । उनीहरुले, यो घटनालाई आफूहरुलाई पूर्ण रुपमा तनाव नदिएपनि आफूहरु शतप्रतिशत ठिक नभैसकेको बताएका छन् ।
यसको अर्थ, वर्षाले जुन विवाद भोगिन्, यसले उनलाई असर गरेको छ । किनकी, वर्षाले यो समयमा तथानाम गाली, तल्लोस्तरको शब्द सहनुपरेको छ । धेरैले त उनर्लाइ भारतीय भएको आरोप लगाएर पीडा समेत दिएका छन् ।
सिनेमा क्षेत्रमा लाग्ने केही कलाकार यस्तै खालका विवादका कारण लामो समयसम्म तनावमा रहेका पनि छन् । वर्षा यो पलबाट चाडै मुक्त हुनेछिन् भन्ने कामना गरौ । किनकी, वर्षालाई दर्शकले हाँसी मजाक गरेको र फरासिलो शैलीमा बोलेको नै सुन्न चाहन्छन् ।











