नेपाली नायिकाहरुको चरित्र हत्या गर्ने र नक्कली अश्लिल भिडियो बनाएको र बनाउँने भनेर धम्की आउँएपछि चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ । यस विषय तर्फ ध्यान केन्द्रित गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का सहितको टोलीले मंगलबार महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर उजुरी वुझाएको हो ।

केही अभिनेत्रीको अनुहार अश्लिल भिडियोमा जोडेर अश्लिल साइडहरुमा सार्वजनिक गरिएको छ । भने अन्य अभिनेत्रीहरूको समेत त्यस्तै नक्कली भिडियो सार्वजनिक गर्ने धम्की आइरहेको छ । यलाई रोक्नको लागि पलह प्रहरी समक्ष पुगिएको कलाकार संघका अध्यक्ष खड्काले बताए ।

For More videos Log on to Mazzako TV