अनमोल मौन (भिडियो)
अभिनेता अनमोल केसी सामाजिक संजालमा कमै मात्र अपडेट हुन्छन् । हेर्दा यस्तो लाग्छ कि, अनमोल रिजर्भ धेरै छन् । सामाजिक बिषयमा उनले खासै बोलेको सुनिदैन । अहिले मनिषा कोइराला र देश दुखेको समयमा पनि देशका सबैभन्दा चर्चित अभिनेता मौन छन् ।

अनमोलले यो बिषयमा बोल्दा उनका फ्यानहरुमा राम्रो सन्देश जान सक्छ । उनै, अभिनेता केसी भने आफूलाई फिल्म ए मेरो हजुर ४ को छायांकनको याद आएको र यो सिनेमाको सेट मिस गरिरहेको बताएका छन् । अभिनेता केसीले ए मेरो हजुर ४ टिमलाई मिस गरेको छु भन्नुको अर्थ उनी काममा फर्किन चाहन्छन् भन्ने नै हो ।
यो सिनेमाको छायांकन लक डाउनका कारण रोकिएको छ । करिब ३५ प्रतिशत छायांकन सकेर निर्माणपक्ष थन्किएको छ । निर्माता सुनिलकुमार थापाको विश्वास छ कि, सिनेमाको छायांकन असारबाट गर्न सकियो भने, दशैमा सिनेमा रिलिज हुन्छ ।
तर, अब यो संभावना पनि कमजोर बन्दै गएको छ । नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढिरहेकाले लक डाउन चाडै नै खुल्छ भन्ने अवस्था छैन । अभिनेता केसीले भने ए मेरो हजुर ४ को सेट मिस गरे कि ? फिल्मकी अभिनेत्री सुहाना थापालाई मिस गरे ?








