किन साम्राज्ञी चुपचाप ? (भिडियो)
नेपाली फिल्मकी सफल अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । साम्राज्ञीको अभिनय र बोल्ड शैलीको फ्यान पनि छन् । साम्राज्ञीको एउटा बानी के छ भने, सिनेमा रिलिजको समयमा भन्दा अरु समयमा उनी खासै बाहिर आउन चाहन्नन् ।
उनी, मिडियासँग पनि दुरी कायम गर्छिन् । कलाकारको आ आफ्नै शैली हुन्छ, यो उसको नितान्त व्यक्तिगत कुरा हो । तर, कहिलेकाही राष्ट्रियताको सवालमा र विभिन्न मुद्दामा कलाकारका आवाज सुनिने गर्छन् । यसैले त कलाकारलाई विभिन्न उपनाम दिइने गरिन्छ । तर, साम्राज्ञीको जीवन जिउने स्टाइल भने अर्कै छ ।

तपाइले सामाजिक संजालमा उनलाई हेर्नुभयो भने, उनी आफ्नै दुनियाँमा रमाइरहेकी हुन्छिन् । कहिले खादै गरेको, कहिले पकाउँदै गरेको, कहिले खेल्दै गरेको त कहिले प्रेमीसँग समय बिताएका तस्वीर र भिडियोमा साम्राज्ञी मस्त भएको पाइन्छ । उनको जीवन जिउने तरिका उनलाई नै छाडिदिनुपर्छ ।
जनताले आश गरेकी एक अभिनेत्रीले देश दुखेको बेला, राष्ट्रियता र सामाजिक बिषयमा बोल्दा त्यसले ठूलो अर्थ राख्दछ । यो बिषयमा साम्राज्ञीको ध्यान नगएको पो हो कि ?








