पूजाको लकडाउनमा पनि यस्तो चर्चा (भिडियो)
अभिनेत्री पूजा शर्माको लक डाउनमा पनि यस्तो चर्चा छ कि, मानौ उनको सिनेमा रिलिज भैरहेको छ र उनी मिडियामा छाएकी छिन् । न त कुनै इन्टरभ्यू, न त कुनै मिडिया उपस्थिती । तर, पनि उनी हरेक दिन हेडलाइन्समा किन रमाएकी होलिन् । अभिनेत्री शर्माले लक डाउन भएलगतै प्राविधिकहरुका लागि २ लाख बराबारको खाद्यान्न वितरण गरिन् । यसले उनको समाजसेवी कामको प्रशंसा भयो ।

लकडाउनकै बिचमा पूजाका फ्यान र अभिनेत्री सुष्मा कार्कीको वार नै भयो । सुष्माले त पूजालाई फेक फ्यान भएका भनेर आलोचना गरिन् । यसले फाइदा त पूजालाई नै भयो । पूजाका समाचार फेरि आउन थाले ।
पूजाले केही दिन अगाडि कलाकार अनुराग कुँवरको घरमा खाना खाइन् । खाना खाँदा उनीसँग संचारकर्मी रवि लामिछाने, कलाकार दीपकराज गिरी, दीपा श्री निरौँला, किरण केसी लगायत थिए । लक डाउनको समयमा पनि एक ठाउँमा भेला भएर खाना खाएको भन्दै मिडियामा उनको आलोचना भयो । पूजा फेरि मिडियामा छाइन् ।
अहिले उनी, अभिनेत्री मनिषा कोइरालालाई भारतीय मिडियाले गाली गरेपछि यसको विरोधमा उत्रिएकी छिन् । मनिषाको समर्थनमा उनले लेखेको स्टाटस चर्चामा छ । लक डाउन लम्बिदै छ । लक डाउन सकिएपछि धेरै कलाकार र प्राविधिकलाई कामको समस्या पर्ने देखिएको छ । पूजाको हातमा सिनेमाको अभाव छैन । यसमाथि, लक डाउनको समयमा पनि उनी चर्चित नै बनिन् । पूजालाई के लक डाउन, के सामान्य अवस्था ।








