वर्षालाई किन चाहियो टिकटक ?
टिकटकको क्रेज गज्जबको छ । टिकटकमा नभएका को होलान् र ? अहिले त झन टिकटकको क्रेज बढेको छ । लक डाउनको समयमा घरमा बस्दा फुर्सदिलो भएका धेरै मानिसहरु अहिले टिकटकमा झुम्मिएका छन् ।
टिकटक चलाउन हुँदैन, अझ कलाकारले टिकटक चलाउँदा क्रेज कम हुन्छ भनेर सोच्ने केही कलाकार समेत टिकटकमा छन् ।

अब, यसको उदाहरणस्वरुप अभिनेत्री वर्षा सिवाकोटीलाई नै हेरौँ न । वर्षाले कुनै समय टिकटकको खुबै विरोध गरिन् । विरोध पनि यसरी गरिन् कि, कलाकार टिकटकमा आउनै हुँदैन समेत भनिन् ।
बर्षाको कुरा पनि सही नै थियो । कलाकार टिकटकमा आएर झुम्मिदा सिनेमामा क्रेज हुँदैन भनेर सोच्न सकिन्छ । यो सोचाई केही हदसम्म सत्य पनि हो । तर, उनै वर्षा केही समय अगाडि टिकटकमा जोडिइन् ।
उनले, लक डाउनको समयमा फुर्सद भएको र केही उपयोगी काम गरौँ भनेर टिकटक बनाउने गरेको बताइन् ।
तपाइले वर्षाको टिकटक हेर्नुभयो भने मेकअप गर्दै गरेको, खाने कुरा बनाउँदै गरेको भिडियो पाउनुहुनेछ । हुनत, वर्षाले हिन्दी सामाग्रीमा टिकटक नबनाउने बताउँदै आएकी छिन् । तर, टिकटकमा आउँदा क्रेज नै सकिन्छ जस्तो गर्ने बर्षालाई अब यसको नशा लागेको छ ।








