पुजाको साढे २ करोड, पलको करिअर जोखिममा (भिडियो)
कोरोना सन्त्रास नेपालमा केही हप्ता ढिला सुरु भएको भए मात्र पनि अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाको सिनेमा म यस्तो गीत गाउँछु २ रिलिज भैसकेको हुन्थ्यो । सिनेमाको हाइप, गीतसंगीत र ट्रेलरको चर्चा हेर्दा सिनेमाले नाफा नै कमाउथ्यो भन्ने अड्कल लगाउन सकिन्छ । तर, यसपटक पूजा र सुदर्शनलाई समयले साथ दिएन । सिनेमा म यस्तो गीत गाउँछु २ रिलिज हुन पाएन ।

सिनेमा रिलिज नहुँदा यी दुई चलचित्रकर्मीको करिब ३ करोड रकम जोखिममा छ । यो सिनेमासँग अभिनेता पल शाहको करिअर पनि जोडिएको थियो । पलले नाई नभन्नु ल ४ बाट सिने क्षेत्रमा पाइला राखेपनि उनको डिमाण्ड बढाएको सिनेमा भने म यस्तो गीत गाउँछु हो । यो सिनेमा चलेपछि नै पल शाह स्टार भएका हुन् । यसको अर्थ, पल शाहका लागि म यस्तो गीत गाउँछु २ विशेष थियो ।

यो सिनेमा गतबर्ष नै चलिदिएको भए, पल शाहको पाइला एक कदम सफलतापुर्वक अगाडि बढिसकेको हुने थियो । पलका लागि पनि त्यो भएन । अब, पल, सुदर्शन र पुजा लक डाउन खुलेर समय सामान्य हुने पर्खाइमा छन् । निर्मातालाई लगानीको पर्खाइ छ, कलाकारलाई करिअरको ।








