लक डाउनकै बिच अभिनेत्री निकिता चाण्डक अभिनित फिल्म ‘रानीमहल’ को टिजर सार्बजनिक गरिएको छ । लभ स्टोरी जनारामा निर्माण गरिने भनिएको फिल्ममा निकितासंगै प्रितम राज सेन्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल लगायत मुख्य भूमिकामा छन् । निर शाह, बि. एस. राणा, अर्जुन जंग शाही, दिपक क्षेत्री, सुष्मिता के. सी., रश्मि भट्ट, आर. बि. पन्त, बिष्णु सापकोटा, भोला शाह लगायतको अभिनय रहेको छ ।

हिमाल न्यौपाने निर्देशित फिल्मलाई बिमल भुसालले निर्माण गरेका हुन् । फिल्ममा दिपक पौडेलको पटकथा तथा संबाद, निरज कंडेलको छायांकन र हिमाल के. सी. को द्वन्द छ । हर्कुलस बस्नेत, अर्जुन पोखरेल, हरि लम्साल र निम संगीतको संगीत फिल्ममा सुन्न सकिने छ ।

RANI MAHAL - New Nepali Movie Teaser || Nikita Chandak, Pritam Raj ...

यस फिल्मको करिब २० प्रतिशत मात्र छायांकन भएपछि काम ठप्प भएको थियो । फिल्मको २० प्रतिशत छायांकन सकिदा पुरा फिल्मको बजेटनै सकिएपछि लफडा भएको थियो । यसैबिच टिजर भने सार्वजनिक भएको छ ।

For More videos Log on to Mazzako TV