लक डाउनले डिजिटल नशा बढाउला ?
हलमा सिनेमा नलागेको २ महिना भैसकेको छ । २ महिनादेखि हलमा जान नपाएका दर्शकहरुले अहिले डिजिटल माध्यमबाट सिनेमा हेरिरहेका छन् । सिनेमा, वेव सिरिजहरु डिजिटल माध्यमबाट रिलिज गर्ने क्रम बढेको छ । नयाँ नयाँ नेपाली फिल्महरु पनि युटुबमा रिलिज भैरहेका छन् । हल अझै कति महिना बन्द हुने भन्ने टुंगो छैन् ।

यसले, डिजिटल नशा दर्शकमा बढेको छ । केही रकम तिरेर विभिन्न डिजिटल माध्यमबाट सिनेमा हेर्ने बानी दर्शकमा बढेको छ । यसले, कतै हलमा गएर सिनेमा हेर्ने परिपाटीमा ब्रेक लाग्ने त होइन वा कम हुने त होइन भन्ने डर पनि पैदा भएको छ ।
घरमै बसीबसी नयाँ नयाँ फिल्म र वेव सिरिज हेर्न पाएपछि हलसम्म पुगेर सिनेमा हेर्ने बानी दर्शकको कम भयो भने यसले झन ठूलो समस्या निम्त्याउन सक्छ ।








