दशैमा कसलाई फाइदा होला ?
नेपाली फिल्म दशै भन्दा अगाडि रिलिज हुने संभावना टर्दै गएको छ । एक दिनमै ८० भन्दा बढी कोरोना संक्रमित देखिएपछि लक डाउनको अवधी अब बढ्ने निश्चित छ । यसले, सिनेकर्मीहरुको भदौ अगाडि नै सिनेमा क्षेत्रमा चहलपहल सुरु हुने अपेक्षा पुरा नहुने देखिएको छ । यसैले, दशैमा रिलिज हुने भनिएका सिनेमा अब नबन्ने, कोही पछि सर्ने अवस्थामा छन् ।

यस्तो अवस्थामा के अभिनेता अनमोल केसीलाई दशैको फाइदा होला त ? किनकी, यो मितिमा रिलिज हुने भनिएको छक्का पन्जा ४ नबन्ने भैसकेको छ । मह जोडीले काम गर्ने भनिएको सिनेमा पनि यो बर्ष नबन्ने निश्चित छ ।
निर्माता सुनिल कुमार थापा ए मेरो हजुर ४ को छायांकन एक महिनामै सकिने बताइरहेका छन् । यस्तो अवस्थामा के अनमोल केसीका लागि लक डाउन फाइदा होला त ?
For More videos Log on to Mazzako TV







