चलचित्र विकास बोर्डमा प्रतिस्पर्धा
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीहरुले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि आवेदन दिन नेपाल सरकारले १५ दिन अगाडि सूचना निकालेको थियो । यसमा निर्देशक दयाराम दाहाल, राजेन्द्र उप्रेती, दिपक श्रेष्ठ देखि अभिनेता भूवन केसी, सोहित मानन्धर, निर्माता अर्जुन कुमार सम्म छन् ।

बोर्डमा जती कलाकारको आवेदन परेपनि सरकारले दयाराम दाहाल वा भूवन केसीमध्ये एक जनालाई नियुक्त गर्ने संभावना प्रवल छ । दयाराम दाहाल पाका निर्देशक हुन् । उनी, चलचित्र विकास बोर्डमा हाल सदस्य पदमा छन् । यसैले पनि उनले कामको अनुभव पनि हासिल गरिसकेका छन् ।
यस्तै, अभिनेता भूवन केसी आफै चर्चामा छन् । यस्तै, उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट पनि मानिन्छन् । बोर्डको अध्यक्ष पदमा देखिएको भिडन्त रोचक छ । हेरौ, बालुवाटारले कसलाई बोर्डमा नियुक्त गर्ने हो ।








