आलोचकलाई स्वस्तिमाको जवाफ
नेपाली सिनेमाकी सफल अभिनेत्री स्वस्तिमा खड्काका आलोचक पनि प्रशस्त छन् । स्वस्तिमालाई सामाजिक संजालमा गाली गर्ने, उनको सिनेमाको भद्दा मजाक बनाउने हरुको संख्या कम छैन् । तर, पनि स्वस्तिमालाई यी कुराले फरक पारेको छैन् । अभिनेत्री स्वस्तिमा खड्कालाई एक फ्यानले, आलोचकको बिषयमा के भन्नुहुन्छ भनेर सोेधेका थिए ।

जसमा स्वस्तिमाले जवाफ दिदै भनेकी छिन्–‘कसैलाई घृणा गर्नु भनेको उक्त व्यक्तिको आफ्नो डर, नकारात्मक भावना र असुरक्षा व्यक्त गर्ने माध्यम हो ।’ स्वस्तिमाले अमेरिकन सिनेमामा काम गर्न लागेको कुरालाई पनि जवाफ दिएकी छिन् ।
उनले, अमेरिकन सिनेमामा काम गर्ने कुरा अहिले नै भन्न नसक्ने तर भगवानले चाहेको खण्डमा एक दिन पुरा हुने उल्लेख गरेकी छिन् ।








