अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाह सिनेमा क्षेत्रका लागि चर्चित नाम हो । तर, सामाज्ञी चलचित्र क्षेत्रमा अघि बढदै जादा उनलाई रुचाउने र नरुचाउनेको संख्या उस्तै छ । सामाज्ञी भने माया गर्नेहरुतिर ध्यान दिन अपिल गर्छिन् । सामाज्ञीले सामाजिक संजालमा लेखेको स्टाटसमा यो भावना व्यक्त गरिएको छ ।

उनले लेखेकी छिन्, यहाँ तपाइलाई माया गर्ने मानिसहरु धेरै छन् । यसैले, माया नगर्ने एकाधतर्फ ध्यान दिन छाडनुहोस् । लक डाउनमा सामाज्ञीका नयाँ नयाँ कुरा सार्वजनिक भैरहेका छन् । कहिले उनी सिनेमा अफर आयो भन्दै जुन पनि नगर्ने मुडमा आफू पुगेको उल्लेख गर्छिन् त कहिले माया गर्नेहरुलाई ध्यान दिन अपिल गर्छिन् ।

सामाज्ञीको यो कुराले पनि के वुझिन्छ भने उनी लक डाउनमा घरमै बसेर जीवनको बारेमा धेरै कुरा सोच्ने भैसकेकी छिन् ।

For More videos Log on to Mazzako TV