अभिनेता अनमोल केसी अहिले घरमै वर्कआउट गरिरहेका छन् । लक डाउनका कारण सिनेमा ए मेरो हजुर ४ को छायांकन रोकिएपछि यी अभिनेता घरमै बनाएको जीममा दौडिरहेका छन् । अभिनेता केसी सामाजिक संजालमा पनि सक्रिय छन् ।

तर, सामाजिक संजालमा उनी आफ्नो कुकुरकोे तस्वीर बढी पोष्ट गर्छन् । अभिनेता केसी लेख्छन्–‘तपाई बलियो बन्नुहोस् । किनकी, हरेक कुरा ठिक हुन्छ । तुफान आएपनि पानी सधै पर्दैन ।’ अभिनेता केसीको यो कुराले के वुझिन्छ भने समय जस्तो परिस्थितीसँग जुधेपनि सबै कुरा ठिक हुन्छ ।

यसैले, बलियो हुन आवश्यक छ । नेपाली सिनेमामा अभिनेता केसी सर्वाधिक चर्चित र सफल मानिन्छन् ।

For More videos Log on to Mazzako TV