अभिनेत्री सुहाना थापा आज आफनो जन्मदिन मनाउँदैछिन् । लक डाउनका कारण यसपटक उनले आफनो जन्मदिन घरमा नै मनाइरहेकी छिन् । सुहाना निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी एक मात्र सन्तान हुन् । २३ बर्षमा लाग्दै गर्दा उनलाई उनका फयान, आफन्त र फिल्मीकर्मीले शुभकामना दिइरहेका छन् ।

सुहाना ले सिनेमा ए मेरो हजुर ३ बाट नेपाली सिनेमामा पाइला राखेकी हुन् । यसपछि उनको करिअर सुखद तरिकाले अगाडि बढेको छ । उनले यसपछि सिनेमा ए मेरो हजुर ४ मा काम गरिरहेकी छिन् । तर, एक बर्ष भन्दा बढी समयदेखि सिनेमा रिलिज नभएपनि उनलाई खोज्नेको संख्या भने धेरै छ ।

सुहाना नेपाली सिनेमामा आशातित अभिनेत्री हुन् । उनले, करिअरलाई सुन्दर तरिकाले अगाडि बढाइन भने उनी नेपाली फिल्मको पहिलो दर्जाकी अभिनेत्री हुने निश्चित छ ।

For More videos Log on to Mazzako TV