अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले म यस्तो गीत गाउँछु पछि सिनेमा म यस्तो गीत गाउँछु २ मा एकसाथ काम गरे । यो सिनेमा रिलिज त हुन पाएको छैन् । फागुण ३० गते रिलिज हुने भनिएको सिनेमा कोरोना भाइरसको कारण रिलिज हुन पाएन् । सिनेमा जहिले रिलिज भएपनि दर्शकले रुचाउनेमा पुजा र पल विश्वस्त छन् ।

पुजासँग लाइफमा कुराकानी गर्ने क्रममा पलले लक डाउनमा सबैलाई घरमा बस्न र सुरक्षित रहन अपिल गरेका छन् । पुजाले भने पलले आफूलाई दुःख दिने गरेको बताइन् । उनले, पल छायांकनमा पनि ढिलो आउने र आफूलाई दुख दिने भएपनि आफनो मिल्ने साथी भएको सुनाइन् ।

पुजा र पलले भदौपछि मात्र सिनेमा रिलिज हुने पनि जानकारी दिएका छन् । यो सिनेमाका निर्देशक सुदर्शन थापा हुन् ।

For More videos Log on to Mazzako TV