बोर्डमा भूवनको दौडधुप
अभिनेता भूवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दौडधुपमा लागेका छन् । केशव भट्टराइको निधन भएपछि बोर्ड अध्यक्ष पदका लागि सरकारले केही दिन अगाडि मात्र आवेदन खोलेको थियो ।

चर्चामा विभिन्न कलाकारको नाम सार्वजनिक भएपनि अहिले निर्देशक तथा निर्माता भूवन केसी, निर्देशक दयाराम दाहालको नाम नै चर्चामा छ । अभिनेता केसीले आन्तरिक रुपमा राजनीतिक लबिङलाई पनि बढाएका छन् । नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेता केसी बोर्डको नेतृत्व सम्हाल्न पाएको खण्डमा आफूले सिने क्षेत्रका लागि धेरै काम गर्ने बताउँछन् ।
बोर्ड अध्यक्ष बन्नका लागि भूवनलाई पधानमन्त्री केपी शर्मा ओलीको पनि साथ रहेको वुझिएको छ । उनी, नेता माधवकुमार नेपालको पनि निकट मानिन्छन् ।








