के दशैंमा रिलिज होला त ए मेरो हजुर ४ ?
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको सिनेमा ए मेरो हजुर ४ को निर्माणपक्षलाई अझै पनि यो सिनेमा दशैमा नै रिलिज हुनेमा कुनै दुविधा छैन् । सिनेमाको ३५ प्रतिशत काम सकिएको र बाँकी काम लक डाउन खोल्ने वित्तिकै सक्ने योजना निर्माता सुनिलकुमार थापाको छ ।

सिनेमाको एक गीतको छायांकन पनि सकिएको छ । सिनेमाको छायांकन भैरहँदा लक डाउन भएकाले पनि ए मेरो हजुर ४ को टिमले अहिले होमवर्क धेरै नै गर्न पाएको छ । सिनेमाको कथालाई बलियो बनाउन समय पाएकाले पनि लक डाउन फलदायी नै भएको निर्माता थापाको विश्वास छ ।
कथा पनि बलियो हुने र सिनेमा दशैंमा सोलो रिलिज हुने संभावना बढेपछि निर्माण टिम खुशी नै हुने भयो । तर, के दशैंसम्म सिनेमाको काम पुरा भ्याइएला त ? यो भने शंकाकै बिषय बनेको छ ।








