दशैमा रिलिजको लफडा नहोस्
नेपाली फिल्म रिलिज नभएको २ महिना पुरा भएको छ । यो समयमा नेपाली फिल्मले अरबौ रुपैयाँ घाटा ब्यहोरिसकेको छ । निर्माताले बनाएको सिनेमा स्टूडियोमा नै थन्किएका छन् । लक डाउनका कारण नेपाली सिनेमा रिलिज हुन समय लाग्नेछ ।

किनकी, लक डाउन जेठ ५ गतेसम्म बढिसकेको अवस्था छ । अब, यो समयमा लक डाउन खुलेपनि दर्शकले सिनेमा हेर्न त्यसको केही महिना त कुर्नुपर्ने नै छ । अहिले रोकिएका केही सिनेमाका निर्माताको रोजाइमा दशैं रिलिज पर्न थालेको छ । दशै भन्दा अगाडि नेपाली सिनेमा रिलिज हुने संभावना पनि छैन् ।
तर, दशैंमा धेरै सिनेमा आउन भने हुँदैन । निर्माताहरुलाई मिलाएर सिनेमा रिलिज गर्ने वातावरण बन्न आवश्यक छ । नेपाली सिनेमा दशैंमा रिलिज हुँदा निर्माताविच लफडा सधै नै चल्ने गर्दछ । तर, यो पटक यस्तो अवस्था नआओस भन्ने कुरामा सबै सजग हुन जरुरी छ ।
For More videos Log on to Mazzako TV







