जसिता अभिनेत्री जसिता गुरुङले २ वटा सिनेमा साइन गरेकी छिन् । सिनेमा एन्टी हिरो र आई एम टवान्टी वान उनले काम गर्न लागेका सिनेमा हुन् । तर, यी दुबै सिनेमाको काम अब पछाडि धकेलिएको छ । जसिता लक डाउनका कारण घरमै छिन् । उनै, जसिता लक डाउनका कारण सडकमा भोकै रहेका जनावरलाई खाना खुवाउन बाहिर निस्किएकी छिन् ।

जसिताले कुकुरलाई खाना खुवाउँदै छिन् । उनले, कोभीड १९ का कारण सुरक्षित रहन सबैलाई अपिल पनि गरेकी छिन् । उनले, यो अवस्थामा यदि बाहिर निस्कने मौका मिलहाल्यो भने सडकमा देखिने जनावरका लागि पनि केही सोच्न र उनीहरुलाई खुवाउन अपिल गरेकी छिन् । लक डाउनपछि सडक जनावर भोक्कै रहने भन्दै नेपाली कलाकारले सक्दो सहयोग पनि गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV