विस्तारै के को बाटो खोज्दैछन् अनमोल ?
नेपाली फिल्मकाम चर्चित अभिनेता अनमोल केसी सामाजिक संजालमा तस्वीर निकै कम पोष्ट गर्छन् । यही भएर पनि होला, अनमोलको तस्वीरले सामाजिक संजालमा चर्चा पाउँछन् । अभिनेता केसी सामाजिक संजालमा दैनिक जीवनसँग जोडिएका, फिल्मका बिषयमा पोष्ट गर्छन् ।

तर, उनले पोष्ट गरेका कुराहरुमा केही अर्थ पनि रहन्छ । अनमोलले एक तस्वीर पोष्ट गर्दै हरेक दिन विस्तारै विस्तारै गर्दै जे तपाइको लागि हो त्यसले आफै बाटो पत्ता लगाउने उल्लेख गरेका छन् । अनमोल यो कुराबाट के भन्न चाहन्छन् होला ?

अभिनेता केसीले सिनेमा क्षेत्रमा जुन बाटो हिडन खोजिरहेका छन्, यसका लागि हतार नगर्ने बताउन खोजेको अनुमान लगाउन सकिन्छ । अभिनेता केसी अभिनित सिनेमा ए मेरो हजुर ४ अहिले लक डाउनका कारण छायांकनमा रोकिएको छ ।
For More videos Log on to Mazzako TV







