नेपाली फिल्मका कलाकारहरु अहिले पुराना दिन संझिरहेका छन् । उनीहरुले लक डाउन र कोरोना त्रासको अगाडि घुमेको, रमाइलो गरेको, खाएको तस्वीर पोष्ट गरिरहेको पाइन्छ । कतिपयलाई फेरि विकिनी लगाएर स्विमिङ पूलमा रमाउन मन लागेको छ भने कतिपयलाई फेरि मन परेको होटलमा गएर मन परेको परिकार खान मन लागेको छ ।

कलाकारको यो चाहना सामाजिक संजालमा छरपष्ट देखिन्छ । अभिनेत्री गरिमा पन्तको पनि सामाजिक संजालमा यस्तै रहर छ । बेल्जियममा रहेकी यी अभिनेत्री लक डाउनमा छिन् ।

तर, लक डाउन अगाडि पति हरि सिलवालसँग गरिमा कहिले विकिनी लगाएर त कहिले हट पहिरनमा घुमफिर गरिरहेको तस्वीर शेयर गर्थिन् । अहिले उनलाई ती दिनहरु याद आउन थालेको छ । अहिले सुरक्षित रहेको खण्डमा पक्कै पनि त्यो दिन त आउला नी गरिमा जी ।

For More videos Log on to Mazzako TV