मरिष्काले गरिन् बिहे
नायिका मरिष्का पोख्रेलले बिहे गरेकी छिन् । उनले, अष्ट्रेलियामा नै आफ्ना प्रेमीसँग बिहे गरेको खबर प्राप्त भएको छ । तर, यो बिषयमा मरिष्काले भने केही पनि बोलेकी छैनन् । नायिका मरिष्का पोख्रेलले चलचित्र के म तिम्रो होइन र बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् ।

त्यो भन्दा अगाडि उनी म्यूजिक भिडियोको काममा नै बढी व्यस्त थिइन् । तर, मरिष्काको करिअर नेपाली चलचित्रमा खासै सुखद हुन सकेन । उनले, काम गरेका चलचित्रहरु एकपछि अर्को असफल मात्र भएनन् उनको कामले पनि चर्चा पाउन सकेन ।
यसपछि, उनी लोकगीतका भिडियोमा बढी देखिन थालेकी थिइन् । सालको पात टपरी हुने बोलको गीतले उनलाई चर्चित बनायो । मरिष्कालाई नयाँ जीवनका लागि हार्दिक शुभकामना ।








