लक डाउनमा पूजाको जन्मदिन
नेपाली सिनेमाकी सफल अभिनेत्री पूजा शर्मा आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नायिका शर्माको यसपटकको जन्मदिन भने लक डाउनका कारण घरमै वितेको छ । तर, उनका शुभचिन्तकले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

कतिपय फ्यानले मध्यरातमा आफनै घरमा केक काटेर पनि जन्मदिनको शुभकामना दिइरहेका छन् । नेपाली फिल्म क्षेत्रमा मधुमासबाट पूर्ण नायिकाको रुपमा अगाडि बढेकी पूजालाई फिल्म प्रेमगीतले नयाँ उचाइमा पुरयाएको थियो ।
अभिनेत्री शर्माले अभिनय गरेको नयाँ सिनेमा म यस्तो गीत गाउँछु २ रिलिजको तयारीमा छ । पूजा नेपाली सिनेमाकी अहिलेकी चर्चित र सफल अभिनेत्री हुन् । पूजालाई जन्मदिनको धेरै धेरै शुभकामना ।








