बन्ने होइन त बोर्ड अध्यक्ष ?
चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि नेपाल सरकारले आवेदन खोलेको छ । आज गोरखापत्र दैनिकमा विज्ञापन सार्वजनिक गर्दै आवेदन खोलिएको हो । ३० बर्षदेखि ६५ बर्षसम्मका नेपाली नागरिकले बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिन सक्नेछन् ।

बोर्ड अध्यक्ष बन्नका लागि स्नातक अध्ययन र १० बर्ष फिल्म क्षेत्रमा बिताएको हुनुपर्नेछ । यस्तै, पविणता पत्र पास गरेको व्यक्तिले २० बर्ष फिल्म क्षेत्रमा बिताएको हुनुपर्नेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्डको अध्यक्ष पद रिक्त रहँदै आएको थियो । संचार, सूचना तथा पविधि मन्त्रालयले सूचना सार्वजनिक भएको १५ दिनभित्र आवेदन दिन अपिल गरेको छ ।








