सन्दिपको कथामा शर्ट फिल्म : मह जोडी देखी दीपक दीपा (भिडियो)
सन्दिप क्षेत्री तथा बिभिन्न हाँस्य कलाकारहरुले अभिनय गरेका लकडाउन सम्बन्धी शर्ट फिल्म सार्वजनिक गरिएको छ । सन्दिप क्षेत्रीको कथारहेको उक्त शर्ट फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरि, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दिप क्षेत्रीको अभिनय छ ।

उक्त शर्ट फिल्म निर्माण गर्दा सबै कलाकार आ–आफ्नो घर बाटै भिडियो खिचेर सम्पादनबाट सिंगो फिल्म निर्माण गरिएको बताइएको छ । फिल्मले कसैलाई पनि घरबाट बाहिर ननिस्कन र लकडाउन पालना गर्न सन्देश दिएको छ ।साथै अहिलेको समयमा सामाजिक दुरी कायम राखौ तर भावनात्मक होइन भनिएको छ । हेर्नुहोस् शर्ट फिल्म :








