अभिनेता सुशील श्रेष्ठ तथा नव–अभिनेत्री रुबिना थापा अभिनित फिल्म ‘लभ डायरिज’ युटुव ट्रेण्डिङको पहिलो नम्बरमा आएको छ । सौरभ चौधरी निर्देशित फिल्मलाई यो समाचार तयार पार्दा सम्ममा १२ लाख भन्दा बढी पटक हेरिको छ । फिल्म युट्युबमा रिलिज भएको रिलिज भएको २ दिनमै १२ लाख प्लस भ्युज हुनु निकै मज्जाको कुरा हो । अहिले लकडाउन भएकाले पनि फिल्मले राम्रो भ्युज पाएको हो ।

फिल्मलाई हलमा प्रदर्शन हुदा पनि निकै राम्रो प्रतिक्रिया मिलेको थियो । यता युट्यबमा फिल्म रिलिज हुदा पनि सकारात्मक प्रतिक्रिया पाईरहेको छ । मुख्यत नव(नायिका रुविना थापाको अभिनयलाई दर्शकले रुचाएका छन् । भने सुशील श्रेष्ठको अभिनय पनि तारिफ योग्य नै छ ।

फिल्ममा सुशील र रुविनासँगै विश्वजित रिमालको मुख्य भूमिका छ । गत साल प्रदर्शनमा आएको यो फिल्मले हलमा सोचे जस्तो दर्शक नपाएपनि युटुवमा भने पाइरहेको छ ।

For More videos Log on to Mazzako TV