फागुणको अन्तिम सातादेखि वैशाख महिनासम्म रिलिजका लागि थुप्रै सिनेमा तयार थिए । म यस्तो गीत गाउँछु २, लक्का जवान, प्रेमगीत ३, चपली हाइट ३ लगायतका महंगो बजेटका सिनेमा रिलिजका लागि तयार थिए । निरफूल, हिजोआजका कुरा, लप्पन छप्पन २ जस्ता राम्रो लगानी भएका सिनेमा पनि रिलिज हुन पाएनन् ।

निर्माण नै नभएका तर बन्ने घोषणा भएका सिनेमाका निर्माताको करोडौ रकम फ्रिज भएको छैन । तर, जसको सिनेमा बनेर तयार भएको थियो, उनीहरुको भने करोडौ रकम फ्रिज भयो । यसैले, यी निर्माताहरु निकै ठूलो मारमा परेका छन् । कतिपय निर्माताले ऋण खोजेर सिनेमा बनाएका छन् भने कतिपयले आफूसँग भएको पैसा लगाएका छन् ।

अब, लक डाउन खुलेर सामान्य अवस्था आएपछि यी निर्माताहरुलाई सबैभन्दा पहिले सजिलो तरिकाले व्यवस्थापन गर्न आवश्यक छ । होइन भने फेरि सिनेमा जुधाउने र भिडाउने अवस्था सिर्जना गरियो भने निर्माता झनै ठूलो मारमा पर्नेछन् ।

For More videos Log on to Mazzako TV