अभिनेत्री पूजा शर्माले सबै कुरा विर्सिएर आफूसँग नाच्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् । नायिका पूजा शर्मा र अर्की नायिका सुष्मा कार्की विचको लफडा केही दिनदेखि सामाजिक संजालमा चलिरहेको छ ।

हुनत, यो घटनामा पूजा सिधै जोडिएकी छैनन् । तर, सुष्माले पूजाको बिषयमा बोलेको एउटा कुराले उनका शुभचिन्तकले टिकटकमा सुष्माको कडा आलोचना गरेपछि घटना सुरु भएको हो । तर, पूजा भने यी सबै कुरा विर्सिएर आफूसँगै नाच्नका लागि अपिल गरिरहेकी छिन् ।

पूजाले सामाजिक संजालमा यस्तो स्टाटस लेख्दै सार्वजनिक गरेको तस्वीर सिनेमा सम्हालिन्छ कहिले मनको हो । यो सिनेमाको रिलिज मिति यो बर्षको तीजलाई तोकिएको छ । तर, यो मितिमा सिनेमा रिलिज हुने संभावना कम छ ।

For More videos Log on to Mazzako TV