वर्षाको फेक आइडी
नायिका वर्षा सिवाकोटी सामाजिक संजालमा फेसबुक र इन्स्टागाममा सक्रिय छिन् । तर, वर्षाले टिकटक र ट्विटर भने चलाएकी छैनन् । तर, वर्षालाई भने यी दुई सामाजिक संजालले हैरान बनाएका छन् । टिकटक र ट्विटरमा फेक आइडी बनाएर मानिसहरुले विभिन्न कुरा लेखिरहेको उनले देखेकी छिन् ।

वर्षाले अब आफनो नाममा यसरी फेक आइडी बनाउनेहरु विरुद्ध कदम चाल्ने तयारी गरेकी छिन् । वर्षाले लक डाउन खुलेपछि कदम चाल्ने बताएकी हुन । टिकटकले कलाकारको क्रेज कमजोर बनाउँछ भन्ने तर्क वर्षा गर्छिन ।









