के चम्कियो त पूजाको स्टारडम ?
अभिनेत्री पूजा शर्माले फिल्म पोई पर्यो कालेका लागि २० लाख पारिश्रमिक लिएको चर्चा चलेसँगै उनको आलोचना पनि भयो । पूजाले लिएको यो पारिश्रमिक अनुसार उनले निर्मातालाई लगानी फिर्ता गर्न सक्छिन् या सक्दिनन् भन्ने पनि चर्चा भयो । तर, शुक्रबारदेखि रिलिजमा आएको फिल्म पोई पर्यो कालेले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

राजधानीका वितरक करण क्रेजीले फिल्मले काठमाण्डौबाट मात्र २ करोड आसपासको ग्रस कलेक्शन गरेको रिपोर्ट दिएका छन् । वितरकले दिएको रिपोर्ट पत्याउने या नपत्याउने दर्शकको कुरा । तर, फिल्मले सिंगल हलमा सुरुवातदेखि तथा मल्टिप्लेक्समा तिहारको बिदामा दर्शक तानेको छ ।
अधिकांश दर्शक अभिनेत्री पूजा शर्मालाई हेर्न आएका थिए । यसैले पनि पूजाको स्टारडम भने फिल्मबाट चम्किएको भन्न सकिन्छ । शिशिर राणा निर्देशित यो फिल्म आजबाट दोश्रो सातामा प्रवेश गरेको छ ।








