छ माया छपक्कैको बम्पर व्यापार
फिल्म छ माया छपक्कैले बम्पर व्यापार गरेको छ । शुक्रबारदेखि रिलिजमा आएको फिल्मले २ दिनमै ३ करोड भन्दा बढीको ग्रस कलेक्शन गरेको हो । निर्माता रोहित अधिकारीले शनिबार मात्र १ करोड ९० लाख ग्रस व्यापार भएको दाबी गरेका छन् ।

फिल्मलाई दर्शकले पनि अत्याधिक रुचाएका छन् । यसपटक नेपाली कथालाई फिल्ममा उठान गरिएको र प्रस्तुती पनि बलियो भएको भन्दै दर्शकले रुचाएका छन् । दिपेन्द्र लामा निर्देशित फिल्मले शुक्रबार पनि आक्रामक व्यापार गरेको थियो ।
राजधानी बाहिर यो फिल्मले छक्का पन्जा ३ को ओपनिङ व्यापार पनि उछिनेको थियो ।
फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल मुख्य भूमिकामा छन् ।








