‘छ माया छपक्कै’ को मज्जाको प्रचार गीत ‘बीच बीचमा’ (भिडियो)
दीपक दिपाको फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्म युनिटले प्रचार प्रसारलाई अघि बढाइरहेको छ । यहि क्रममा फिल्मको निर्माण टिमले प्रचारात्मक गीत दर्शकमाझ ल्याएको छ । यसैबिच तीजमा हिट बनेको ‘नाच्नुपर्छ बीच बीचमा’ बोलको गीतको संगीतलाई सापटी लिएर मज्जाको प्रचार गीत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा विभिन्न कमेडी टुक्का सहित दर्शकलाई फिल्म हेर्न आह्वान गरिएको छ । गायक दुर्गेश थापाको स्वर संगीत रहेको गीतको भिडियोमा लिड कलाकार दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टसँगै दीपाश्री निरौंला, सुमन गिरी र सुरज बम ठकुरी फिचर्ड छन् । गीतका शब्दहरु पनि दुर्गेसले नै लेखेका हुन् ।
शिव बिकले निर्देशन गरेको गीतको भिडियोलाई बिकास ज्ञावलीले सम्पादन गरेका छन् भने क्यामेरा नवराज उप्रेतीले चलाएका छन् । दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।








