भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म रातो टिका निधारमाको ओपनिङ व्यापार यतिबेला सबैका लागि चासो बनेको छ । यसपटक सोलो रिलिजको अवसर पाएको यो फिल्मले ओपनिङ सुखद गर्ने अपेक्षा छ ।

अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, वुद्दि तामाङ, नीता ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाई राजधानीको क्यूएफएक्सले १८ शो दिएको छ ।

अन्य मल्टिप्लेक्समा पनि फिल्मले राम्रै शो पाउने अपेक्षा गरिएको छ । गत हप्ताबाट रिलिजमा आएको कबड्डी कबड्डी कबड्डीले बम्पर व्यापार गरेको थियो । यो फिल्मले पनि यसलाई निरन्तरता दिन सकेको खण्डमा फिल्म क्षेत्रका लागि खुशीको कुरा हुनेछ ।

For More videos Log on to Mazzako TV