कोशिस क्षेत्री र किरण चन्द स्टारर फिल्म ‘माया पिरिम’ को फस्टलुक पोस्टर रिलिज गरिएको छ । फिल्मले नाम जस्तै माया पिरिमको कुरा उठान गरेको निर्माण टिमको भनाई छ । टेक पौरखी राईको निर्देशनमा निर्माण भएको फिल्मको कथा सबिन अधिकारीले तयार पारेका हुन् ।

फिल्ममा कोशिस क्षेत्री र किरण चन्दका अलवा सलोन बस्नेत, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ ।

प्रविन थापा र सबिन अधिकारीको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सागर बस्नेत र कोषराज दाहाल हुन् । ‘माया पिरम’का सह(निर्मातामा मोहन मरासैनी र युवराज दाहाल छन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द्व, कोशिश क्षेत्रीको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ । मंसिर २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा निरज कँडेलको छायाँकन, जिवन थापाले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV