फिल्म छ माया छपक्कैको ट्रेलर रिलिजमा अभिनेता दीपकराज गिरीले आफूलाई सधै यसरी नै हेपिएको खण्डमा यो क्षेत्रमा गोविन्द केसी जन्मने चेतावनी दिएका छन् ।

आफूले सधै नै विदेशी चलचित्रको विरुद्धमा बोल्दै आएको भन्दै उनले यहाँको वेथितीबारे बोल्दा हेप्न खोजे अनसन बस्न सक्ने चेतावनी उनले दिए । दिपकराज गिरीले हिन्दी र नेपाली फिल्मलाई समान थिएटर, एउटै हैसियत दिए आफू नेपालमा छु या भारतमा छु भन्ने थाहा पाउन मुश्किल हुने पनि उनको भनाई थियो ।

दिपकले फिल्म बनाउन भन्दा चलाउन गाह्रो भएको कुरा उठाए । उनले यसो भनिरहँदा फिल्म क्षेत्रमा विकृती नै विकृती भएको बताए ।
आफूहरु हिन्दी फिल्मसँग भन्दा पनि नेपाली फिल्ममा राजनीति गर्नेहरु देखेर डराएको उनले बताए ।

For More videos Log on to Mazzako TV