आयो ‘लभ यु हमेशा’ को टिजर, फिल्म भने भदौ २७ मा
लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को टिजर सार्वजनीक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा निर्माण भएको फिल्मले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ प्रदर्शन मिति र टिजर रिलिज गरिको हो ।

भदौ ६ मा रिलिज हुने भनिएको फिल्म ‘लभ यु हमेशा’ अब भदौ २७ मा अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन, शिसिर राणा, गोपाल ढकाल (छन्दे), सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मो, प्रमिला राई, सल्देन तामाङलगायतको अभिनय छ ।
युवन गुरुङको प्रस्तुति रहेको फिल्मका मिलन गुरुङ सह निर्माता हुन् । भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।
फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । कार्यक्रममा निर्देशक भास्करले पूर्ण मनोरञ्जक फिल्म निर्माण गरेको बताए । निर्माता यवनले दर्शकको मनोरञ्जनका लागि दिल खोलेर लगानी गरेकाले सबैको माया पाउने बिश्वास ब्यक्त गरे ।








